सम्माननीय सभामुख महोदय नेपाल सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबिच नेपालको संविधानको सीमाभित्र मधेस र मधेसीको हक खोज्ने भएको सहमति सकारात्मक छ तर सहमति पृष्ठभूमि र शैलीले अदालतको सरकारको बिच कतै मिलीभगत चलेको छैन भन्ने गम्भीर प्रश्न उठाएको छ। सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्ष आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ।  के को लागि जनमतसंग्रह कसका कसका लागि जनमतसंग्रह हामीलाई उत्तर चाहिन्छ अत सहमतिको बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि सम्माननीय सभामुखसँग जोडदार अनुरोध गर्दछु।